हेटौंडा – बागमती प्रदेश सरकारको लगानीमा मकवानपुरमा पर्यटकिय क्षेत्रको पूर्वाधार विकासका काम गर्न सुरु गरिने भएको छ । मकवानपुरका अधिकांश स्थानीय तहमा पर्यटन सम्वन्धी वजेट छुट्याएर काम गर्न लागिएको हो । मकवानपुरको हेटौंड उपमहानगरपालिका, थाहा नगरपालिका, गढी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायतका क्षेत्रमा पर्यटन पूर्वाधारका काममा जोड दिइएको हो ।
पर्यटन वर्षमा पर्यटक भित्रयाउने काम संगै पर्यटन पूर्वाधार विकासका काम गर्न लागिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मकवानपुरको ढुङ्गेगढी पर्यटन पूवाधार निर्माणका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ वरावरको काम गरिने भएको छ ।
त्यसैगरी वुढीचौरमा पर्यटकिय पार्क पूवाधार विकास कार्यक्रमका लागि २ करोड ५० लाख रुपैयाँको काम हुन लागेको छ । यस क्षेत्रमा पर्यटन पूर्वाधारको कामपछी थप आन्तरिक पर्यटक भित्रने आसा गरिएको छ । पर्यटन पूर्वाधारको क्षेत्रमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । मन्त्रालय र मातहतका कार्यालयले गर्ने पूर्बाधारका काममा २६ वटा योजनाको टेण्डरको काम भइसकेको उहाँले वताउनुभयो ।
हेटौंडाको कुस्माण्ड सरोवर त्रिवेणी धाममा पर्यटन पूर्वाधार विकाशको काम गर्नका लागि ३० लाख रुपैयाँ छुट्याएर काम गर्न लागिएको हो । मकवानपुरको दामनमा ऋषेश्वर सामुदायिक वनमा हिड्नको लागि पूर्वाधार निर्माण गर्ने तयारी रहेको उहाँले वताउनुभयो । यसका लागि २५ लाख रुपैयाँ वजेट छुट्याएको छ ।
हेटौंडाको सहिद स्मारकमा भौतिक पूर्वाधार विकाको लागि चालु आर्थिक वर्षको वजेटमा एक करोड रुपैयाँ छुट्याएर काम गर्न लागिएको हो । पर्यटन वर्षमा प्रदेशमा धेरै भन्दा धेरै पर्यटक भित्रयाउने काम संगै पूर्वाधारका कामलाई पनि उत्तिकै जोड दिइएको मन्त्री नेपालले वताउनुभयो ।