सिकिन्द्र साह

सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वाडा नम्बर ६स्थित माइती घरमा बस्दै आएकी एक महिलालाई उनकै श्रमिानले हत्या गरेका छन् । टोल सिम्रौनगढ बस्ने जहिर मिया चुडियारको छोरी २२ बर्सिय आसमिन खातुनलार्इ उनकै पतिले घाटि रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले जानकारी दिएको छ । भारतको बिहार पुर्बी चाम्पारण २६ बर्सिय राजा भने अमानुल्लाह मियाँ शसुराली घरमा प्रवेश गरी बुधबार बिहान आफ्नी पत्नीको हत्या गरेका हुन् । सासु खेतको काममा गएको बेला एक्कासी घरभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी खातुनको राजले हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको बिषयमा थप अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक जितेन्द्र साहले बताउनु भएको छ। घटनामा संलग्न रहेका खातुनका पति अमानुल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खातुनको दुुईजना छोरा र एउटा छोरी रहेका छन् । खातुन र मियाँकाबचिमा विवाद भएपछि करिब एक बर्षदेखि खातुन माइतमा बस्दै आएकी थिइन् ।

Leave a Reply