गर्मीका कारण अहिले देशभरको जनजीवन प्रभावित भएको छ । सर्वसाधारणको दैनिकी यसरी कष्टकर बनेको छ कि मानिस मात्रै होइन पशुपंछीहरु समेत समस्यामा परेका छन् ।जलवायु परिवतर्र्ननका कारण पनि यो समस्या आएको हो भन्ने कुरामा कुनै दुई मत छैन तर यत्ति धेरै गर्मी भने वर्षौपछि मात्रै महसुस गरिएको हो । गर्मी बढेसंगै खडेरीका कारण बालीनालीहरु प्नि मरेका छन् । हिउँदमा लगाइएका बालीहरुलाई यो खडेरीले असर गरेको छ ।हुनत जेठमा गर्मी नभए के हुन्छ र भनेर प्रश्न पनि गरिएला तर यत्ति चर्को र लामो गर्मीको महसुस भने लामो समयपछि कै हो । बालीनालीमा असर गरेपछि त्यसको सिधा असर पनि भान्छामा नै पर्ने हो । भन्ने बेलामा नेपाललाई कृषि प्रधान देश भन्ने गरिन्छ तर कृषकहरुलाई हेप्ने हेंला गर्ने र उनीहरुले उत्पादन गरेको बस्तुको भाऊलाई कौडी बनाउनेभन्दा बाहेक अरु के नै काम भएको छ र ।जे भएपनि अहिलेको गर्मीले कृषकहरु प्रत्यक्ष मारमा परेका छन् । जताततै जनप्रतिनिधिहरु प्नि छन् । स्थानीय, प्रदेश र संघीय सरकारमा जनताकै प्रतिनिधिहरु छन् । उनीहरुलाई कृषकहरुले नै चुनेर पठाएका हुन । त्यसैले अब यो खडेरीबाट कृषकहरुलाई आआफ्ना स्थानीय तह र प्रदेश सरकारहरुले राहत दिनु पर्दछ । आफ्नो तलब भत्ताबाट काटिने गरी कृषकहरुलाई राहत दिने हिम्मत गर्न आवश्यक छ । यो हिम्मत कोबाट सबैभन्दा पहिला प्रदर्शन हुनेछ हेर्न भने बाँकी छ ।

Leave a Reply