वीरगन्ज,वडा प्रहरी कार्यालय बिर्ताले ५५ लाखभन्दा बढी मूल्यको अवैध सामग्री बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० ग्रिनसिटी चोकस्थित सडकखण्डबाट प्र.२–०३–००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकबाट प्रहरीले ५५ लाख १२ हजार ५ सय ३१ रुपैयाँ बराबरको खुद्रा तथा लत्ताकपडा बरामद गरेको हो ।वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले नमस्ते कार्गाे ट्रान्सपोर्टबाट पठाइएको औषधी, लत्ताकपडा तथा खुद्रा सामनको विलबिजक शंकास्पद देखेपछि मालवाहक ट्रक नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिनुभयो ।बिलबिजकभन्दा बढीको सामग्रीसहितको ट्रक वीरगन्जबाट कास्कीतर्फ गइरहेको सूचनाको आधारमा चेकजाँच गरिएको मल्लले बताउनुभयो । नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक अनुसन्धानका लागि बरामद सामग्रीसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दिपक गिरीले जानकारी दिनुभयो ।

Leave a Reply