वीरगन्ज, ०१ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्लाका सह इन्चार्ज एवं संविधान सभाका सदस्य पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताले आफ्नो निर्बाचन क्षेत्र नम्बर ३ को बिभिन्न पालिकामा चुनावी अभियानलाई तिब्रता दिएका छन् । नेकपा एमाले क्षेत्र नं ३ कमिटीले चुनावी घरदैलो अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आज पर्साको बहुदरमाइ नगरपालीकाको पिपरा , विश्रामपुर , भौराटार , बर्वा लगायतको गाउँहरुमा घरदैलो कार्यक्रम गरेका छन् । बहुदरमाईको वर्वामा घरदैलो कार्यक्रम कै बीच पटेर्वासुगौली गाउँपालिका वडा नं ४ सुगौलीका नेपाली कांग्रेस पार्टीका दलित नेता ब्रहमदे माझी मुसहरले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नव प्रबेशी नेपाली कांग्रेसका दलित नेता मुसहरलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताले गम्छा , अबिर लगाई पार्टीमा स्वागत गरेका हुन् । उक्त कार्यक्रममा प्रदेश सभाका उम्मेदवार मंजूर अंसारी , बहुदरमाई नगरपालिका उपप्रमुख शुष्मा कुशवाहा , नकेपा एमालेका नेता शिव पटेल , , संजिव मिश्रा ,हनिफ अन्सारी , मोहमद निजाम , कृष्णा कुशवाहा , प्रमोद कुशवाहा , विधाचल ठाकुर , विकास पाण्डेय , सन्जय चौहान , राजेश रौनियार लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply