नरेश गुप्ता
बरियारपुर,नेपाल अदिवासी पत्रकार महासंघ बाराको दोस्रो जिल्ला अधिवेशनले जियालाल चौधरीको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति बारा गठन गरिएको छ ।
महासंघको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिव, धिरेन्द्र पनुहर, सहसचिवमा पुनम चौधरी, कोषाध्यक्ष ईन्दिरा चौधरी र सद्स्यहरुमा अजय चौधरी, सुरेश चौधरी , राज चौधरी , राकेश चौधरी , समिक्षा चौधरी, राजकुमार लामा, बिनिता चौधरी रहनु भएको छ ।
कोल्हबी नगरपालिकामा शनिबार भएको अधिवेशनको प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य चौधरीले राष्ट्र निर्माणमा पत्रकारको भुमिका महत्वपूण रहेको बताउनु भएको छ ।
देशको चौथो अंङ्ग्को रुपमा रहेको पत्रकारिता क्षेत्र, मर्यादित, निष्पक्ष र आवाज बिहिनको लागि आवाज बनेर राष्ट्र, समाजको उत्थानमा अगाडि बढनु पर्नेमा चौधरीले जोड दिनु भयो । उहाँले पचरौता नगरपालिकामा आदिवासी जनताति समुदायकी महिला कर्मचारीमाथि कार्यलयका एक कर्मचारीबाट भएको हिंसाको निन्दा गर्दै उहाँले दोषिमाथि कारबाहीको लागि माग गर्नु भयो । पीडितले अझै पनि न्याय नपाएको अवस्था रहेको भन्दै सभासद चौधरीले दोषिमाथि कारबाहीको लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनु भएको थियो ।
सोहि कार्यक्रममा बोल्दै फोनिजका केन्द्रीय उपाध्यक्ष लक्की चौधरीले पत्रकारिता समाजको ऐना भएकोले पत्रकारले सत्य तथ्य समाचार सम्प्रेशन गर्नु पर्ने बताउनुभयो । फोनिज बाराले छोटो समयमा पनि प्रदेश नम्बर २ मा उत्कृष्ट काम गरेर नाम कमाउन सफल रहेको बताउदै उहाँले अगामी दिनमा थप काम गरेर अगाडि बढन अभिप्रेरित गर्नु भएको थियो ।
फोनिज बाराका अध्यक्ष दुष्यान्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी, फोनिज प्रदेश २ का ईन्चार्ज निरज पिठाकोटे, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, कृपा दैनिकका सम्पादक गोकुल घोरसाइने, नेपाल परिवार दल बाराका अध्यक्ष रामचन्द्र चौधरी, प्रेस चौतारी बारा अध्यक्ष दिवाकर भण्डारी, समाजवादी प्रेस संगठन बाराका सचिव नरेश गुप्ता, सहकारी पत्रकार समाज बाराका अध्यष पुष्पराज खतिवडा, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष कमल उपाध्याय, नेकपा एमाले बारा जिल्ला अध्यक्ष देवनारायण चौधरी, उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष महेश साहलगायतले अधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य गर्नु भएको थियो ।


















