जीतपुर,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको असार ११ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उमेम्दवार मनोज गुप्ताले आफ्नों प्यानल घोषणा गर्नुभएको छ ।

जीतपुरमा उद्योग व्यवसायीहरुको सोमवार बसेको बैठकमा गुप्ताले आफ्नो नेतृत्वमा अन्य पदाधिकारी र सदस्यको प्यानल घोषणा गर्नुभएको हो ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार गुप्ताले निर्वाचनमा छुट्टै समुह बनाएर निर्वाचन प्रचारमा लागेको बताउनुभयो । उहाँले आफ्नो प्यानललाई मतदान गरेर विजयी तुल्याउन पनि व्यवसायीहरुसंग आग्रह गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्ष गुप्ताको प्यानलमा उद्योगतर्फको उपाध्यक्षमा दिपक गुप्ता, वाणिज्य उपाध्यक्षमा संतोषकुमार गुप्ता, महासचिवमा अनिल तिवारी, कोषाध्यक्ष अमरप्रसाद यादव, वाणिज्य सचिव कृष्णप्रसाद साह रहनु भएको छ ।

यसैगरी उद्योग सदस्यमा श्रवण प्रधान र रिना रौनियार पुरी, वाणिज्य सदस्यमा प्रेमप्रसाद साह, कृष्ण लामिछाने, ठाकुरप्रसाद खतिवडा, राजेन्द्र गौतम, रामप्रसाद गौतम (नजराज जी), रेवती देवकोटा (रेखा) र प्रदिप कुमारले पनि गुप्ताको प्यानलमा रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here