नरेश गुप्ता

कलैया,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा भएको छ । शाहीको ठाउँमा कन्चनपुरबाट दिलिप सिंह देउवा आउनुहुने भएको छ । जिल्ला प्रमुख शाहीको बागमती प्रदेश प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा भएको छ ।

जिल्लामा झण्डै १ वर्ष काम गर्नु भएका शाहीको कार्यकालमा बारा जिल्लाको शान्ति सुरक्षाको अवस्था र कार्यालयबाट सर्वसाधारणलाई प्रदान गरिने सेवामा उल्लेख्य सुधार आएको बताइएको छ । शाहीको कार्यकालमा बारामा भएको दुई दाजुभाइको हत्या, महागढीमाई नगरपालिका वडा नम्बर १ मा भएको महिला हत्या, बिश्रामपुर गाउँपालिकामा युवक हत्यालगायत जघण्य अपराधका दर्जनौं घटनामा अभियुक्त पक्राउ परेका छन । त्यसैगरी नेपाल भारत सिमा क्षेत्रबाट हुँदै आएको हुन्डिकारोबार नियन्त्रण, लागुऔषध ओसारपसार तथा बिक्री वितरण कार्य नियन्त्रणमा पनि बारा प्रहरीलाई शाहीको कार्यकालमा उल्लेख्य सफलता हात परेको थियो ।

बारामा प्रहरी प्रमुखको रुपमा आउन लाग्नुभएका एसपी देउवा यसअघि नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कंचनपुरमा कार्यरत हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरेर नेपाल प्रहरीमा प्रवेश गर्नुभएको हो ।

Leave a Reply