हेटौंडा –  बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले कोरोनाको संक्रमण कतै पनि फैलन नदिनका आवश्यक तयारी गर्नका लागि प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण कतै पनि फैलन नदिन प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललाई बोलाएर निर्देशन दिनुभएको हो ।

 

 

प्रदेशमा कोरोना विरुद्ध लड्नका लागि प्रदेश सरकारले गरेको कामका विषयमा आज मन्त्री दुलाललाई वोलाएर जानकारी लिनुभएको थियो । प्रदेश सरकारले गरेका कामका विषयमा मन्त्री दुलालले प्रदेश प्रमुखलाई जानकारी गराउनुभयो । कोरोनाबाट वच्नका लागि स्वास्थ्य संस्था, आइसोलेसन, क्वारेनटाइन तयारी हालतमा सवै सुविधा सहित राख्न पनि निर्देशन दिनुभयो ।

 

 

 

प्रदेश प्रमुखलाई मन्त्री दुलालले बागमती प्रदेशका चार स्थानबाट कोरोना भए नभएको ल्याव परिक्षण गरिएको जनाकारी गराउनुभयो । प्रदेश राजधानी हेटौंडा, धुलीखेल, काठमाण्डौ र चितवनबाट यसको परिक्षण गरिएको जानकारी गराउनुभयो । अझै आवश्यक्ता अनुसार पनि दुई स्थानबाट ल्याव परिक्षण गर्न सकिने जानकारी गराउनुभयो ।

 

 

मन्त्री दुलालले प्रदेशले स्थानीय तहमा कोरोनाका विरुद्धमा विभिन्न खालका काम गर्नका लागि रकम पठाएको जनाकारी गराउनु भएको थियो । यसैगरी केन्द्र सरकार भन्दा बाहेक बागमती प्रदेशले ६ सय भन्दा बढी आइसोलेसन, २५ सय बेडको क्वारेन्टाइन, ३ सय भन्दा वढी आइसीयू र १ हजार ४ सय जना स्वास्थ्यकर्मी तयारी हालतमा रहेको जानकारी गराउनुभयो ।

 

 

 

हरेक दिनजसो मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा वैठक वसेर तत्काल गर्नुपर्ने काम र निर्णय गर्ने गरेको मन्त्री दुलालले प्रदेश प्रमुख प्रसाईलाई जानकारी गराउनुभयो ।

Leave a Reply