सिमरा,बाराको अमलेखगंजमा प्रहरीले करिब १ लाख ७ हजार बराबरको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले आइतवार बिहान करिब ११ः३० बजे अमलेखगंजस्थित प्रहरी कार्यालय अगाडिको चेकपोइन्टमा नियमित जाँचका क्रममा उक्त सामग्री बरामद गरेको हो ।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख. ६२९३ नम्बरको यात्रुबाहक बस रोक्दा बसको डिकीभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा विभिन्न किसिमका अबैध पटाका फेला परेको हो ।
बरामद गरिएका पटाकाहरूको कुल मूल्य अन्दाजी १ लाख ७ हजार बराबरको रहेको र प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

Leave a Reply