देशको पछिल्लो राजनीतिले सबैलाई वाक्क बनाइ रहेको अवस्थामा मध्यपूर्वी देश इजरायलबाट भने एउटा आशाको किरण देखिएको छ ।जेनजी वा कुनै बाहानामा देशका होनाहारहरुको हत्या भइरहदा कमाउनका लागि इजरायल पुगेका एकजना नेपाली युवा नेपाल सकुशल फर्कनेमा भने आशाको संचार गराएको छ । दुई वर्ष अगाडि इजरेल गएका कंचनपुरका बिपिन जोशी नेपाल फर्कने आशा पलाएको छ तर अहिलेसम्म सत्य कुरा बाहिर आएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले इजरेल र हमासकाबीचमा भइरहेको निकै घातक युद्ध रोक्नका लागि गरेको प्रयासले सार्थक रुप लिने संभावना बढेसंगै नेपालका युवा विपिन पनि घर फर्कने आश पलाएको हो तर विपिनको अवस्थाको विषयमा भने खबर अज्ञात छ । परिवार त यसै पनि पीडामा रहेको छ नै तर यसले देशका सबै नागरिकहरुलाई पनि दुःखित बनाएकै हो ।
विपिन सकुशल वा उनी जस्तो सुकै अवस्थामा पनि जिवित नै भएको आशा गरौं । यदि अन्य कुनै घटनाक्रम भएन भने यसपालि विपिन नेपाल फर्कनेछन् ।यसअघि भएका कयौं वार्तामा विपिनको नाउँ आएन तर यसपाली सबै रिहाको कुरा छ । तर जम्मा ४८ जनामा २० जना जिवित भनिदा मनमा फेरि त्रास पनि छ तर आशा गरौं २० जनाभित्र विपिन छन् र एक कालोकोठरीबाट विपिनले सबैलाई हात हल्लाउने छन् अहिलेका लागि यो आश गरौं तर जे आउँछ ती युवाको विषयमा स्वीकार्नुको विकल्प चैं परिवार र सिंगो देशका लागि पनि छ न चैं छैन ।