सर्लाही,सर्लाही प्रहरीद्वारा नक्कली नोट बनाउने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहटको गढीमाई नगरपालिका ९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका ७ बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका २ का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका २ का ३५ वर्षीय सिहानता कुमारी देवी रहेका छन् ।प्रहरीले उीहरुलाई मलङ्गवा नगरपालिका ८ गोरखकाली नाकाबाट नक्कली नोटसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा भारतबाट बा ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्वरको मोटरसाइकलमा नेपालतर्फ प्रवेश गर्ने क्रममा रोकेर जाँच गर्दा नक्कली नोट बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एकएक वटा नोट राखी बिचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपियाँ १७६ थान एक लाख ७६ हजार रुपियाँ पनि बरामद गरेको जनाएको छ ।पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्वन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताउनुभएको छ । सो कार्यक्रम आयोजना गरिएको हो । विद्यालयको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम तिमल्सिना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा, विविस सदस्य मधु तिमल्सिना, उमेश खड्का, विद्यालयका शिक्षक श्रीहरी न्यौपाने, प्रभु पराजुलीलगायतका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले गर्नुभएको थियो । यस वर्षको एसइइ परीक्षामा विद्यालयबाट ६३ जना विद्यार्थी सहभागी हुदैछन ।

















