निजगढ,बारा जिल्ला ट्राफिक कार्यालय निजगढले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर जिल्लाका विभिन्न १० स्थानमा यात्रु सहयाता कक्ष संचालनमा ल्याएको छ । कार्यालयले जिल्लाको निजगढ, कलैया, सिम्रौनगढ, कोल्हबी, लङ्गडा चोक, जीतपुर, पिलुवा, सिमरा, अमलेखगंज र पर्सौनी बजार गरी यात्रुहरुको बढी भिड हुने १० वटा स्थानमा सहायता कक्ष स्थापनको हो ।

चाडबाडको समयमा ट्राफिक व्यवस्थापन र गर्न र यात्रुलाई आवश्यक मद्दत गर्न जनपद प्रहरीसंगको समन्वयमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्लाका जिल्ला ट्रफिक कार्यालय बाराकी निरीक्षक निरु दुवालले बताउनुभयो । उहाँले सिम्रौनगढ र लङ्गडा चोकमा शुक्रवार र जिल्लाका अन्य स्थानमा भने बिहीवारदेखि नै सहायता कक्षको स्थापना गरेर संचालनमा ल्याइएको जानकारी दिनुभयो । सहयाता कक्षमा १ जना ट्राफिक र १ जना जनपद प्रहरीको टोलीले छठ पर्वसम्म हरेक दिन बिहान ६ बजेदेखि राति १० बजेसम्म निगरानी गरेर ट्राफिक व्यवस्थापनसहित यात्रुलाई आवश्यक सेवा उपलब्ध गराउने बताइएको छ ।

Leave a Reply