सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका ६ का अमरपुरका बिज भण्डार संचालक राजकिशोर सिंहमाथि भएको आक्रमण र लुटपाटको विरोधमा बारा उद्योग बाणिज्य संघ सिम्रौनगढ शाखाले जिल्ला प्रहरी कार्यालय बारामा ज्ञापन पत्र बुझाएको छ ।सिम्रौनगढ– ६ टोल अमरपुर निबासी किसान बिज भन्डारका मालिक सिहको ज्यान मार्ने नियतले हमला भएकोभन्दै संघका सिम्रौनगढ अध्यक्ष लालबाबु कुशवाहाले दोषि पत्ता लगाएर कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई ज्ञापन पत्र बुझाउनुभएको हो ।घटनाको भ्रत्सना गर्दै निकालिएको विज्ञप्तिमा घटनाको छानबिन गरि अपराधिलाई तत्काल पक्राउ र कडाभन्दा कडा करबाहीको माग पनि गरिएको छ ।

कलैयाबाट मोटरसाइकलमा घरतर्फ फर्किने क्रममा अज्ञात समुहले सोमवार साँझ बाराको महागढीमाई नगरपालिकास्थित गण्डक नहरको तेलकुवा चौकदेखि पूर्व हर्दिया पसुरामपुर सडक नजिक नचिनेका मानिसहरुले मोटरसाइकल रोकेर पेस्तोल ताकेर कुटपिट गर्दै सिंहसंग रहेको १० हजार २५० रुपैया लुटेर भागेका थिए ।कलैयाबाट सिम्रौनगढ फर्कने क्रममा व्यापारी सिंहलाई दुई मोटरसाईकलमा आएका चारजना नकाबधारीहरुले एकाएका बाटो छोकेर रोकेका थिए । उनीहरु कलैयाको हनुमान मन्दिरबाट नै सिंहलाई पछ्याउदै आएको बताइएको छ । नकबधारीहरुले घर यकिन गर्न सिंहको घर सिम्रौनगढ हो कि होइन भनेर प्रश्न गरेका थिए तर सिंहले आफ्नो घर रौतहटको राजपुर बताएपछि उनीहरु अलमलिएकाको लुटपाट गरेर भागेका हुन ।

Leave a Reply