राजन कुमार बानिया
पोखरिया,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवन चोकस्थित गण्डकको जानकीटोला जाने नहर सडक खण्डबाट लागु औषध गाँजाको धुलोसहित दुई जना पक्राउ परेका छन ।विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीयातर्फ जादै गरेको बा.प्र.०३–००१ च.१५४० नम्बरको पिकअपलाई रोकी चेकजाँच गर्दा चालकको सिटमुनी लुकाईछिपाई प्लाष्टिकमा टेपले बेरेर राखिएको अवस्थामा लागु औषध गाँजाको धुलो ४२ पोकामा ४२ किलोसहित प्रहरीले पिकअप चालक जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ९ स्यारसे बस्ने वर्ष ३४ का सुमन ब्लोन र पर्सा जिल्ला पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ४० का बिनोद राम समेतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिनुभयो ।

Leave a Reply