काठमाडौं– काठमाडौं महानगरपालिकाले सातै प्रदेशका एक–एक पालिकासंग भगिनी सम्बन्ध राख्ने योजनाअघि सारेको छ ।महानगरपालिका मेयर बालेन्द्र साहको योजनामा मधेस प्रदेशमा जीतपुरसिमरा उपमहानगरपालिकासंग भगिनी सम्बन्ध राख्ने प्रकृया अघि बढेको छ ।महानगरपालिकाले प्रस्ताव पठाएपछि उपमहानगरपालिकाले सकारात्मक पत्र पठाइसकेको छ । प्रस्ताव अघि बढेपछि मेयर साह र राजन पौडेलबीच सोमबार काठमाडौंमा भेटवार्ता भएको छ ।दुवै पालिकाको कार्यपालिकाबाट पारित गरेर जेठभित्र ओैपचारिक रूपमा हस्ताक्षर गर्ने गरि तयारी भइरहेको मेयर पौडेलले जानकारी दिनुभयो ।भेटवार्तामा कृषि क्षेत्रमा सहकार्य गर्ने योजना रहेको मेयर साहले बताउनुभयो । कुन–कुन क्षेत्रमा सहयोग गर्न सकिन्छ भनेर छलफल गरेर अघि बढ्ने बताउनुभयो । प्रविधिमैत्री सेवा प्रवाह र अनुभवलाई जीतपुरसिमराको विकासको लागि महत्त्वपुर्ण सहयोग पुग्ने मेयर पौडेलले विश्वास व्यक्त गर्नुभयो । मेयर साहलाई भ्रमणको निम्तो दिनुभयो । पर्सा राष्ट्रिय निकुञ्जको प्रवर्द्वन हुने गरि भ्रमणको आग्रह गर्नुभयो ।मेयर साहको कार्यकक्षमा भएको भेटमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, वडा नं. ८ का अध्यक्ष शिवशंकर कुशवाह लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply