नरेश गुप्ता

बरियारपुर,महागढीमाई फाउन्डेसन नेपाल र लायन्स क्लब महागढीमाईको संयुक्त आयोजनामा शनिबार हुन लागेको बारा जिल्लास्तरीय म्याराथन दौड प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिता आयोजक समितिले बाराको महागढीमाई नगरपालिकामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि १० किलोमीटर दौड प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

महागढीमाई नगरपालिकाको आर्थिक सहयोग र विभिन्न दाताबाट चन्दा संकलन गरि महागढीमाईमा दोस्रो संस्करण १० किलोमीटर म्याराथन दौड आयोजना गर्न लागिएको आयोजक संस्थाका कृष्णकुमार गुप्ताले जानकारी दिनुभयो । शनिबार बिहान हुने सो प्रतियोगितामा ३ सय युवा युवतीले भाग लिने आयोजक समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि चार लाख रुपैया खर्च हुने आयोजक संस्थाका सुनिल कुशवाहाले जानकारी दिनुभयो । महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित गढीमाई रंगशालाबाट सुरु हुने दौड प्रतियोगिता नगरपालिकाको दहियार, गंजभवानीपुर, मलहनी हुँदै फेरि गढीमाई स्टुडियममा नै आएर समापन हुने छ ।

सहभागी प्रतियोगीहरु मध्ये युवा पुरुष समूहबाट प्रथम, व्दितीय र तृतीय हनुे दोस्रो ,तेस्रो र महिलाबाट विजयीहुनेलाई १ थान रेन्जर साईकल र हिरो रोयाल साईकल पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी प्रतियोगितामा टप टेनभित्र पर्नेलाई पनि सान्त्वना पुरस्कारको व्यवस्था गरिएको लायन्स क्लबका ज्ञानप्रकाश रौनियारले बताउनुभयो ।

प्रतियोगिता सफल पार्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरीको परिचालन हुने तथा एम्बुलेन्ससहित चिकित्सक टोली पनि खटिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply