गत भदौ २३ र २४ गते भएको जेनजी बिद्रोहले मुलुकमा राजनीतिक परिवर्तन भयो । सुशासनको पक्षमा भएको आन्दोलनले देशमा परिवर्तन भयो तर त्यही आन्दोलनका क्रममा देशभर एक खालको अराजक गतिबिधि पनि भएकै हो तर जेनजीहरुले त्यसलाई स्वभाविक आक्रोशको उपज पनि भनेका छन् । हुनत तत्कालिन सरकारको दम्भका कारण पनि यो समस्या आएको पनि होला तर भदौ २४ गतेको घटना केही हदसम्म नियजित पनि थियो । २४ गते देशभर भएको आगजनी र लुटपाट र तोडफोड क्षम्य योग्य छैन ।
तर सरकारले २४ गतेको केही घटनामा संलग्नहरुलाई रिहा गर्न भनेको छ र धेरै जेनजीहरु रिहा भएका छन् । स्वभाविक आक्रोशमा संलग्न रहेका बाहेक केही पेशेवर अपराधीहरु यो कार्यमा संलग्न छन् । प्रहरी अनुसंधानले यही कुरा भनेको छ । त्यसैले पनि यस्तो घटनामा संलग्नहरुलाई त्यत्तिकै छाड्दा भोलि समाजमा फेरि अराजकता नहोला भन्न सकिन्न । यस्तो बिषयमा स्वयम् जेनजीहरु पनि गम्भीर बन्न आवश्यक छ ।
निर्दोष जेनजीहरु पर्नु हुन्न तर पेशेवर अपराधीहरुको संलग्नतामा उनीहरु पनि सचेत बन्नु पर्दछ । वीरगन्ज महानगरपालिकाका मेयरको घर जलाएको आरोपमा पक्राउ परेका युवाको बिषयमा पनि कुरा आयो । उनी त्यस्तो पेशेवर अपराधी नभएकाले स्वभाविक आक्रोशको रुपमा लिन सकिन्छ । तर ब्यक्तिको घर आगजनी गर्ने कुरा राम्रो होइन । सार्वजनिक सम्पत्ति जलाउने कुरा झनै राम्रो होइन । त्यसैले केहीमा प्रहरीलाई पनि अनुसंधान गर्न दिँदा राम्रो हुन्छर पक्राउपछिको रिहाईमा चैं सचेत बन्नु नै पर्दछ ।














