पुष्पराज खतिवडा
बारा,ईलाका प्रहरी सिमराका प्रहरी प्रमुख वेदप्रकाश जोशीले स्थानीय जनता, पालिका र संचारकर्मीलगायत सबैसँग मिलेर काम गर्ने बताउनुभएको छ ।ईलाका प्रहरी कार्यालय सिमरामा दुई दिनअघि हाजिर हुनुभएका डिएसपी जोशीले सोमवार जिल्लाका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।पहिलो पटक मधेश प्रदेशको सिमरामा जिम्मेवारी पाएको सुनाउँदै प्रहरी नायव उपरीक्षक जोशीले आफ्नो क्षेत्रको शान्ति सुरक्षा र अमनचयन कायम राख्न दिनरात काम गर्ने बताउनुभयो । ‘पहिलो पटक भएपनि मधेशको बारेमा धेरै कुरा बुझेको छु, उहाँले भन्नुभयो, इमान्दारी पूर्वक जिम्मेवारी पूरा गर्ने छु ।’

जनताका समस्या छिटो छरितो ढंगले निरुपणमा पहिलो प्रामिकतामा राख्दै, सबैसँग हातेमालो गरेर समाजलाई सुशासनको प्रत्याभुचि गराउन आफु नचुक्ने उहाँको भनाई थियो ।यसैक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले पत्रकारलाई सुराकीको रुपमा प्रयोग नगर्न, सुरक्षासँगै सामाज रुपान्तरणमा उनीहरुसंग हातेमालो गर्न जोशीलाई सुझाव दिनुभयो। उहाँले पत्रकारहरुलाई सत्यतथ्य, प्रमाणित सूचना र समाजलाई दिशानिर्देश गर्ने समाचार लेख्न आग्रह गर्दै यसको लागि पत्रकारहरुले कोहीसँग पनि डराउन नपर्ने उहाँको भनाई थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, पूर्वउपाध्यक्ष राकेश पाण्डेय,पूर्व प्रदेश महासंघ सदस्य महेश्वर अधिकारी, मानवअधिकार एलान्स मधेश प्रदेशका अध्यक्ष अनिल तिवारी, पत्रकारहरु विदुर खड्का,शारदा पोखरेल, मनोज साह, अखिलेश यादवलगायत

Leave a Reply