कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ बर्वा खेलकुद मैदानको मंगलवार शिलान्यास गरिएको छ।
खेल मैदानको पूर्वमन्त्री एवम् बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साह र निर्वाचन क्षेत्र नम्बर ३(१) प्रदेश सभा सदस्य रबिनदास श्रेष्ठले शिल्यान्यास गर्नुभएको हो । खेलकुद मन्त्रालयले सो मैदान निर्माण गर्न २५ लाख बजेट छुट्टाएको छ।

शिलान्यास कार्यक्रममा कलैया उपमहानगरपालिकाको वडा नम्बर २७ का वडा अध्यक्ष अशोककुमार तिवारी,करैयामाइ गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष पसुराम यादव,वडा सदस्य नरेस कुशवाहा, वडा सदस्य अलिमहम्मद अन्सारी, वडा नम्बर ३ का वडा सदस्य प्रदिप केशरी, समाजसेवी, विकास प्रेमी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply