राजन कुमार बानिया
पोखरिया,पर्साको बिन्दबासनी गाउँपालिकाबाट सोमवार बिहान ईलाका प्रहरी कार्यालय पोखरियाले लाखौं मुल्य बराबरकोे कपडा बरामद गरेको छ।भारतको भेलाही बजारबाट अबैध रुपमा भन्सार छली गरि नेपाल ल्याइएको अवस्थामा पोखरिया प्रहरीले करिब २ लाख मूल्य बराबरको अबैध कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडामा साडी १ सय ६३ पिस, कुर्था सुट १७ पिस, २ थान कपडा गरी १ लाख ९६ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।बरामद गरिएको कपडा ईलाका प्रहरी कार्यालय पोखरियाले वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply