सिमरा,
परवानीपुरमा शुक्रवार भएको मैत्रीपूर्ण महिला फुटबल खेलमा वीरगञ्ज युथ एकेडेमी विजयी भएको छ । वीरगञ्जले निजगढ फुटबल क्लबलाई ४-० ले पराजित गरेको हो ।परवानीपुर गोल्डकपको फाइनलको अघिल्लो दिन आयोजक शक्ति युवा क्लबले महिलाहरुको मैत्रीपूर्ण खेल आयोजना गरेको हो । वीरगञ्जको जितमा सजिता स्याङ्तान् र सदिपा भोलनले समान दुई÷दुई गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच सजिता घोषित भईन् । उनलाई नेपाली कांग्रेसका नेता लोकेश सिंहले पुरस्कृत गर्नुभएको थियो ।

Leave a Reply