सिकिन्द्र साह
सिम्रौनगढ,
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ मउवाही टोलबाट प्रहरीले बुधवार बिहान ८ केजी ५५ ग्राम गाँजा बरामद गरेको छ ।नेपालबाट भारततर्फ लागुऔषध गाँजा लगिरहेको भन्ने गोप्य सूचनाको अधारमा ईलाका प्रहरी कार्यलय सिम्रौनगढबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले सो लागु औषध गाँजा बरामद गरेको हो । लागु औषध गाँजा कसले ओसारपसार गरेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले बताउनुभएको छ ।
















