कलैया,नेपाली किसानले उत्पादन गरेको दुधको बिक्रीवितरणमा देखिएको समस्या हल गर्न माग गर्दै बारा जिल्ला दुग्ध उत्पादक संघले आइतवार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाएको छ ।किसानले उत्पादन गरेको दुधको बिक्रीवितरणमा देखिएको समस्याको उचित व्यवस्थापन माग गर्दै जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष पुरुषोत्तम भट्टराईसहितको टोलीले बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।
भारतबाट अवैध रुपमा भित्रिने दुध तथा दुग्धजन्य पदार्थले स्वदेशी दुधको खपतमा कमी आएको र त्यसबाट जनताको स्वास्थ्यमा पनि असर परिरहेकोले नियन्त्रणको लागि .ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

गुणस्तर जाँच नगराइ आयात हुने भारतीय दुधलाई तत्काल बन्द गर्नुपर्ने संघले माग गरेकोछ । भारतीय गुणस्तहिन दुध मोटरसाइकलमा राखेर नेपाली बजारमा भइरहेको बिक्री वितरणलाई तत्काल नियन्त्रणमा लिनुपर्ने संघको भनाई छ । यसअघि संघले जिल्लाको निजगढ नगरपालिका लगायत विभिन्न पालिकाका प्रमुखहरुसंग भेटेर हाल दुध बिक्रीमा उत्पन्न समस्या हल गर्ने कार्यमा आवश्यक पहल गर्न र दुध उत्पादक किसानलाई राहत उपलब्ध गराउन माग गरेको थियो ।

Leave a Reply