कलैया,मलेशियामा हालै सम्पन्न आइसिसी यु– १६ इष्ट जोण कपको उपाधि जित्ने क्रममा नेपाली टोलीको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने कलैयाका खेलाडीहरुलाई आइतवार नागरिक अभिनन्दन सहित स्वागत गरिएको छ ।प्रमुख बिनोद साहले नेपाली क्रिकेट टोलीमा रहेर उत्कृष्ट प्रदर्शन गरेका कलैयाका खेलाडी रोहन साह र निरजकुमार यादवलाई नागरिक अभिनन्दनसहित स्वागत गर्नुभएको हो । उनीहरुलाई जिल्ला क्रिकेट संघ बारा र कलैया क्रिकेट क्लबले नागरिक अभिनन्दन गर्दै कलैया नगर परिक्रमा गराएको थियो ।मेयर साहले खेलाडी देशको गहना भएको बताउदै दुबै जना खेलाडीले कलैयाको मात्रै नभएर देशकै ख्याति विदेशमा फैलाउन सफल भएकोमा उनीहरुलाई बधाई दिनुभएको थियो । मेयर साहले दुबै खेलाडीलाई कलैया उपमहानगरपालिकाको तर्फबाट सम्मानसहित पुरस्कृत गरिने पनि बताउनुभयो ।


















