निजगढ,निजगढमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ८ बुद्ध चोकमा सवारी दुर्घटना हुँदा स्थानीय ५० वर्षीय मजिद मियाँको मृत्यु भएको हो ।वीरगन्जबाट बिराटनगरतर्फ जाादै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा मियाँ गम्भिर घाइते भएका थिए । निजगढस्थित निजगढ सिटी अस्पतालमा उपचारपछि थप उपचारको लागि लागि वीरगन्ज हेल्थ केयरमा पठाइएमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ । बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार बस चालक सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ८ निवासी ४२ वर्षीइ ललनकुमार दास र बसलाई ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रण्मा लिएको छ ।

Leave a Reply