वीरगञ्ज –  भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका पर्साको पोखरिया नगरपालिका– ७ रानीगञ्जका सोनालाल पण्डितको अवस्था ६ दिनसम्म अज्ञात भएपछि परिवारजनले सोमबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । परिवारले धार्मिक परम्पराअनुसार कुशको प्रतीकात्मक आकृति (शव) बनाएर दाहसंस्कार गरेका हुन् ।

पण्डित नुवाकोटको देवीघाटमा बसेर काम गर्दै आएका थिए । बाढीपछि बेपत्ता बनेको एक सातासम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले उनको अन्तिम संस्कार गरेको हो । पण्डितको खोजीको लागि परिवारले अनुरोध गर्र्दैआएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले पनि पण्डितको नाम पनि बाढीपछि बेपत्ता हुनेहरुको सूचीमा राखेको छ ।

Leave a Reply