काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रिहा हुनुभएको छ । रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने जिल्ला अदालत उपस्थित भएर रिहा हुनुभएको हो ।

हिजो उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने आज रुपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर थुनामुक्त भएका अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

आज दिनभर उडान प्रभावित हुँदा रास्वपा सभापति लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन ढिलाइ भएको हो । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उहाँ दिउँसो १ बजेसम्म रोकिनुप¥यो । त्यसपछि लामिछाने चितवनको भरतपुर विमानस्थल ओर्लिएर त्यहाँबाट गाडीमा रुपन्देही पुग्नुभएको हो ।सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत बुटबल इजलासले हिजो रिहा गर्न आदेश दिएको हो ।

Leave a Reply