वीरगन्ज, दिपावली सकिएसंगै तराइ मधेसमा छठ पर्बको तयारी र चहलपहल सुरु भएको छ ।कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा सुरु हुने छठ पर्ब सप्तमी तिथीका दिन बिहान सम्म गरि चार दिन मनाइन्छ ।तराइ मधेसमा बस्ने भोजपुरी र मैथीली भाषि हिन्दुको प्रमुख पर्ब नै छठ पूजा हो ।यसपाली छठ पूजा कार्तिक १० र ११ गते परेको छ ।

दिपावली सकिएसंगै तराइ मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री , भाडाँवर्तन,कपडालत्ता इत्यादिको किनमेल सुरु भइसकेको छ ।यस्तै नदि , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ ।

छठपूजाको मुख्य दिन अर्थात षष्ठी तिथीका दिन साँझ अस्ताउदो सुर्य र सप्तमी तिथीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ (पुजाआरधना ) दिने स्थल छठीघाट (नदि , पोखरी , तलाउ इत्यादि जलाशय)को सरसफाइ र सजावटको काम पनि सुरु भइसकेको छ ।

पछिल्लो डेढ दशक यता छठीघाटको सरसफाइ र सजावटमा होडबाजी नै देखिएको छ । छठ पूजा मनाउनका लागि वीगरगन्जको घडीअर्वा पोखरी , रानीघाटको सिर्सिया नदि , छपकैया पोखरी , स्वीमीङ पुल , नगवा पोखरी , मुर्ली पोखरी ,पिपरा, रामगढवा , सिर्सिया , अलौं लगायतका स्थानमा रहेका जलाशलाइ छठीघाटको रुपमा सजाउने काम सुरु भइसकेको छ ।

आकर्षक टेण्ट ,पण्डाल र झिलीमली बत्ती लगाएर छठीघाट सजवाटका लागि मात्रै स्थानीय स्तरमा गठन गरिएका छठ पूजा व्यवस्थापन समितिहरुले लाखौ रुपैया खर्च गर्दै आएका छन् ।

छठ पर्वका लागि नेपालमै प्रसिद्ध घडिअर्वा पोखरी पार्कलाई पनि अहिले सजाउने काम तिब्र गतिमा भइरहेको छ ।घडीअर्वा छठको सजावटसहित व्यवस्थापनमा मात्रै यस वर्ष २१ लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान रहेको छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले बताए । छठघाटमा टेण्ट पण्डाल र फुलबत्तीसहितको सजावटका लागि भारतबाट कारिगरहरु बोलाइएको जानकारी उनले दिए ।

दिपावली सकिए लगत्तै चार दिन पछि नै छठ पर्व विधिवत रुपमा सुरु हुने हुदाँ बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री , बस्त्र , फलफुल , तेल , मसला जस्ता खाद्यान्नहरुको पसलमा अहिले देखि नै ग्राहकहरुको भिडभाड देखिएको छ ।

Leave a Reply