काठमाडौं । नवनियुक्त एआईजीहरूको पदस्थापन भएको छ । बिहीबारको क्याबिनेट बैठकको निर्णयअनुसार नेपाल प्रहरीका एआईजीहरू सुशीलसिंह राठौर अपराध अनुसन्धान विभाग, उमाप्रसाद चतुर्वेदी कार्य, हिमालयकुमार श्रेष्ठ प्रशासन र डम्बर विक प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन् ।

डीआईजी दर्जामा चतुर्वेदी मधेस र विक सुदूरपश्चिम प्रहरी प्रमुख थिए । उनीहरू बढुवा भएपछि गृह मन्त्रालयले मधेसमा डीआईजी गोविन्द थपलिया र सुदूरपश्चिममा ओमबहादुर रानालाई सरुवा गरेको छ । साभार : नेपाल प्रेस

Leave a Reply