पुनम चौधरी
बारा– पर्सा , २३ बैशाख । मधेश प्रदेशमा समस्यै समस्या रहको छ । जसमध्ये एक जटिल समस्या स्वास्थ्य क्षेत्रमा देखा परेको मधेश प्रदेशका मुख्य मन्त्री सतिश सिंहले एक कार्यक्रममा जानकारी दिनुभयो । पर्सा जिल्लाको पटेपर्वा सुगौलीको सहकार्यमा ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा पाढेघरको मुखको क्यन्सर सम्बन्धि स्वास्थ्य परिक्षण एवं सचेतना कार्यक्रममा स्वास्थ्य क्षेत्रमा जटिल समस्या देखा परेको सम्बोध गर्नुभयो । मधेश प्रदेशले स्वास्थ्य क्षेत्रमा देखा परेको समस्यालाई न्युनिकरण गर्न तर्फ आफू दिन रात एक गरी लागिपरेको जानकारी दिनुभयो । मधेश प्रदेश भित्र रहेको ८ वटै जिल्लामा निमय विपरित तथा अबैध तरिकाले संचालनमा रहेको क्लिनिक तथा अस्पतालमा छापा मार्दै बन्द गराउदै अगाडी बढ्ेको सुनाउनुभयो । साथै केहि प्रतिश्त स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सफल भएको मधेश प्रदेशका मुख्य मन्त्री सिंहले दावी गर्नभयो ।
कार्यक्रमको प्रमुख अतिथी रहनुभएका मधेश प्रदेशका मुख्य मन्त्री सिंहका अनुसार बिभिन्न अंगमा लाग्ने क्यान्सर रोगको पहिलो चरणको क्यान्सरलाई जित्न सकिने बताउनुभयो । तर अन्तिमचरणको क्यन्सर रोगलाई निको पार्न नसकिने भएकाले पटेर्वा सुगौली गाउँपालिकाले समयमा पाढेघरको मुखको क्यन्सर सम्बन्धी संचालन गरेको कार्यक्रम प्रशंसा गर्ने लायक गरेको समेत सुनाउनुभयो ।
कल्प इम्पावरमेन्ट वुमेन नेपालको आयोजनामा सो कार्यत्रलम सम्पन्न भएको हो । आयोजक संस्थाले १८ वर्ष भन्दा माथि र ३० वर्ष भन्दा कम उमेरका युवा युवतीहरु स्वस्फुर्त रुपमा महिलाहरुको स्वास्थ्य प्रती गाउँगाउँमा पुगेर विभिन्न कार्यक्रम गर्ने गरेको बारे संस्थाकी अध्यक्ष पुजा कोईराले जानकारी दिनुभयो । साथै कुनै पनि दातृ निकाय , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय काही कतैबाट आर्थिक वा कुनै खालको सहयोग न लिएर आफै युवाहरु यसरी लागेको बताउनुभयो ।
कार्यक्रममा महिलाहरुलाई बिशेषज्ञ डाक्टरबाट पाढेघरको मुखको क्यन्सर सम्बन्धि स्वास्थ्य परिक्षण एवं सचेतना कार्यक्रम सोमबार आधारभूत अस्पताल पटेर्वा सुगौली वडा न. ४ मा सम्पन्न भएको छ । एक सय ४१ जना महिलाहरुले पाढेघरको मुखको क्यन्सर सम्बन्धि स्वास्थ्य लाभ लिएका बारे पटेर्वा सुगौलीका उपाध्यक्ष ममता महतो थारुले जानकारी दिईन् ।
कार्यक्रममा बोल्दै पटेर्वा सुगौली गाउपालिका कि उपाध्क्ष ममता महतो थारूले कार्यक्रमलाई सम्बोधन गर्दै ५१ प्रतिश्त महिलाहरु बास्तवमा घर भित्रै हुने गरेको देखिन्छ । घरभित्र रहेको महिलाहरुको दुःख, समस्या स्वास्थ्य समस्या उजागर गर्नु पर्ने कुरामा जोड दिनुभयो । जथा जमिन बेचेर भयपनि क्यान्सरको चेक जाच गर्न बाध्य हुने भएकाले यसको लागि सधै पटेर्वा सुगौली तत्पर रहेको गाउँपालिकाकी उपाध्यक्ष थारुले बताउनुभयो । भौतिक विकाशको साथै मानबिय विकाशमा पनि जोड दिएर काम गर्दै आइरहेको उपाध्क्ष थारूको भनाई थियो ।
पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतमा सो कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्षले आफ्नो गाउँपालिकामा शिक्षा र स्वास्थ्यलाई प्रथिकतामा राखेर काम गर्दै आइरहेको जानकारी दिनुभयो । त्यसैगरी महिलाहरुलाई बढी मात्रामा सबल तथा आत्मनिर्भर बनाउन तर्फ लागेको बताउनुभयो । कार्यक्रममा पालिकाका वडा अध्यक्षहरु, स्थानीयहरु भद्रभलादमी , समाजसेवी , विभिन्न संघसंस्थाका प्रतिनिधी, संचारकर्मी , शिक्षक शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।