रौतहट
बस दुर्घटनामा परी गम्भीर रुपमा घाइते भएका संचारकर्मी एवं माधव नारायण नगरपालिकाका कर्मचारी रविन्द्र मंडलको स्वास्थ्य अवस्था निकै कमजोर भएका छन ।

राजधानी दैनिक देखि लिएर विभिन्न संचारमाध्यम हुदै गा वि स को प्राविधिक सहायकको रुपमा काम गर्दै आएका मण्डल अहिले जीवन र मृत्यु संग संघर्ष गरी रहेका छन । मण्डल अहिले गौर अस्पतालमा रहेका छन । नगरपालिका गठन भए पश्चात् भएको निर्वाचन पछि नगरपालिकामा पंजीकरण फाटका जिम्मेवार लिदै नगरपालिका लागि एम्बुलेंस बुझ्न काठमांडू गई बुझेर फर्किने क्रममा मां कल्याणी बस दुर्घटना हुदा घाइते भएका थिए ।

२०७६ साल साउन ३१ गतेमा भएको दुर्घटनामा परी घाइते भएका मण्डल अहिले गम्भीर अवस्थामा पुगेका छन । करीव ४ वर्ष देखि उपचार हुदै आएको मण्डलको अवस्था निकै नाजुक भई जीवन र मृत्युको संघारमा रहेका छन ।
गाडी धनिले पहिलो पटक सहयोग गरेको पीडितको पत्नी मंजू देवी मण्डलले बताए । कानूनी कार्यवाही भए पनि गाडी साहू संजय साहले उपचार खर्च नदिएको दुखेसो उहाको रहेको छ ।
नगरपालिकाको स्थायी कर्मचारी भएको मंडलको लागि पूर्व नगर प्रमुख वीरेन्द्र यादव र बर्तमान नगर प्रमुख बैजू यादव समेतले केहि सहयोग नगरेको गुनासो गरे ।

उनले भने घटना भए देखि उपचार गराउदा गराउंदै भएको सम्पति पनि सकिएको छ , छोरा छोरीको कसरी व्यवस्थापन गर्नु भनी चिन्ताले सताई रहेको छ ।

बसका साहू माथि कार्यवाहिको लागि दवाव सृजना गरी क्षति पूर्ति दिलाउने कार्यमा सहयोग गर्न संचारकर्मीहरुलाइ आग्रह समेत गरेका छन ।

Leave a Reply