दुष्यन्त चौधरी
पर्सा – ७ श्रावण । थारूमा एकता नहुनुकै मुख्य कारण रेशम चौधरी हालसम्म कारागार जीवन बिताउ बाध्य रहेका पुर्वमन्त्री तथा नेपाली कांग्रेस पर्साका पुर्व जिल्ला सभापति सुरेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।

पहिचान, पहुच र प्रतिनिधित्व सहितको समाज निर्माण गरौं भन्ने मुल नाराका साथ थारू पत्रकार संघ नेपाल पर्साले संचालनमा ल्याएका ‘थारु एक्स्प्रेस’ नामक अनलाइन पोर्टल शनिबार उदघाटन गर्दै पुर्वमन्त्री तथा नेपाली कांग्रेस पर्साका पुर्व जिल्ला सभापति चौधरीले यस्तो बताउनुभयो ।

बीरगंज स्थित रहेको रोयल एकाडेमीमा थारु पत्रकार संघ नेपाल पर्सा तथा मेलमिलाप थारु परिवार पर्साको संयुक्त आयोजनामा थारु एक्स्प्रेस अनलाइन पोर्टल विधिवत रूपमा संचालनमा ल्याईएको हो । पुर्वमन्त्री तथा नेपाली कांग्रेस पर्साका पुर्व जिल्ला सभापति चौधरीका अनुसार रेशम चौधरी कारागार जीवन बिताउनुको मुख्य कारण थारू थारूमा एकता नहुनु नै हो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा नै रेशम चौधरीलाई छ‍ोडने निश्चित सहमति भईसकेका बारे समेत जानकारी दिनुभयो । तर दुर्भाग्य थारू थारूमा एकता नहुनुकै कारणले जेल जीवन बिताउदै आईरहेका चौधरी हालसम्म कारागार जीवन बिताउन बाध्य रहेको स्पष्ट पार्नुभयो ।

पुर्वमन्त्री तथा नेपाली कांग्रेस पर्साका पुर्व जिल्ला सभापति चौधरीका अनुसार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू सँगै जेल जीवन बिताएका छौं । पार्टी र विचार फरक फरक रहेतापनि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने मेरो व्यक्तिगत सम्बन्ध सुमधुर रहेको सुनाउनुभयो ।

जेल जीवन बिताईरहेका चौधरीलाई छोडन १७ पानाको कागजात मैले नै तयारी पारेका थियौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले समेत छाडने सहमति जनाई सक्नुभएको थियो । तर दुर्भाग्य हामी थारूमा एकता हुन सकेनन् । जसको कारण रेशम चौधरी काराबास मै छन् ।

त्यसैगरी थारू समुदायको पहिचान , साँस्कृति बचाउनको निमित्त जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गाउँपालिकाबाट बजेट विनियोजन गरेको जानकारी दिनुभयो । आफ्नो समुदायको लागि सक्दो सहयोग समेत गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु, थारु कल्याणकारीणी सभाका केन्द्रिय पार्शद नन्दकिशोर पजियार, थाकस केन्द्रिय सदस्य बृजमोहन चौधरी , थारू पत्रकार संघ नेपालका पूर्व केन्द्रीय कोषाध्यक्ष दुष्यन्त चौधरी , थारू पत्रकार संघ नेपालका केन्द्रीय सदस्य नवीन चौधरी , थारु नागरिक समाज बारा , पर्सा र रौतहट संयोजक प्रमानन्द चौधरी, थाकस पर्साको कार्यबाहक अध्यक्ष रामेश्वर महतो, मेलमिलाप अध्यक्ष मनोज चौधरी, थारू पत्रकार संघ नेपाल पर्साका संस्थापक अध्यक्ष ओम प्रकाश चौधरी , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष अजित भुजेल, थाकस पर्साको कार्यबाहक अध्यक्ष रामेश्वर चौधरी , थारू अगुवा तथा समाजसेवी प्रकाश थारू लगायतकोले मन्तव्य व्यक्त गर्नुभयो ।

थारू पत्रकार संघ नेपाल पर्साका अध्यक्ष शम्भु महतो थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालक थारू पत्रकार संघ नेपाल पर्साका सचिव दिपेन्द्र चौधरीले गर्नुभएको थियो । भने स्वागत मन्तव्य संघकी सह सचिव निलम चौधरीले गरेकी थिईन ।

Leave a Reply