थाकस बाराले निर्माण गरेको स्वागत गेटमा प्रमुख अतिथि उमाकान्त चौधरी रहेको ब्यानर ।

कृपा संवाददाता
कलैया – थारू कल्याणकारीणी सभा बाराले आयोजना गरेको माघी महोत्सव कार्यक्रमको बाहिरी ब्यानरमा प्रमुख अतिथि अर्कै तथा कार्यक्रम स्थलमा प्रमुख अतिथि अर्को रहेको थियो । एउटै कार्यक्रममा फरक फरक प्रमुख अतिथिको कुराले निकै चर्चाको विषय बनेको छ ।

कार्यक्रममा सहभागी अतिथिहरू ।

थारू कल्याणकारीणी सभा बाराले आयोजना गरेको माघी महोत्सव कार्यक्रमको लागि बाहिरी विभिन्न स्थानमा स्वागत गेट निर्माण गरेकोे थियो । त्यस स्वागत गेटमा प्रमुख अतिथि खानेपानी मन्त्री उमाकान्त चौधरी थारू रहेको भनी ब्यानर झुन्डयाईएको थियो । तर कार्यक्रम स्थलमा पुग्दा बारा निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी थारू प्रमुख अतिथि रहेका थिए ।

थाकस बाराले निर्माण गरेको स्वागत गेटमा प्रमुख अतिथि उमाकान्त चौधरी रहेको ब्यानर ।

एउटै कार्यक्रममा फरक फरक प्रमुख अतिथि रहेकाले कार्यक्रम स्थलमा पुगेकाहरू चकित बनेका बारे पचरौता नगरपालिका वडा नम्बर ८ निवासी सञ्जय चौधरीले जानकारी दिए । चौधरीले अझै थप्दै भने विगत केहि दिन पहिलादेखि बाराका स्थानीय रेडियोबाट सुनियो , बारामा आयोजना हुन लागेका माघी महोत्सव कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री उमाकान्त चौधरी हुने , तर कार्यक्रम स्थलमा आफूहरू पुग्दा त कार्यक्रमको प्रमुख अतिथी अर्कै हुनुहुन्थ्यो ।

बिश्व भरी कोभिड १९ कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि तिब्र गतिमा फैलिरहँदा जिल्ला प्रशासन कार्यालय बाराले महोत्सव , मेला , गोष्ठी , सेमिनार लगायत सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुने निर्देशन नै गरेको छ । तर जिल्ला प्रशासन कार्यालय बाराले गरेको निर्णयलाई बेखबर बनी थारू कल्याणकारीणी सभा बाराले महोत्सवको नाममा कोल्हवीमा हजारौं मानिस भेला गराएका थिए ।

कोल्हवीमा हुँदै गरेको माघी महोत्सवमा सहभागी दर्शकहरू ।

थारू कल्याणकारीणी सभाले आयोजना गरेको माघी महोत्सव तीन दिन चल्ने बारे थारू कल्याणकारीणी सभाका पदाधिकारीले जानकारी दिए । पहिलो दिन स्थानीय कलाकारको प्रस्तुति रहेकाले खासै हामीले आकलन गरेका भन्दा कम दर्शक भएको अनुभुति गर्यौ । तर दोस्रो र अन्तिम दिन बाहिरी कलाकारले प्रस्तुति गर्ने भएकाले उदघाटन कार्यक्रमको दिन भन्दा बढी दर्शक आउने आकलन गरेका छौं भनी पदाधिकारीले सुनाए ।

यसरी जिल्ला प्रशासन कार्यालय बाराले (डिसिसिएमसी) को बैठकले गत २८ गते गरेको निर्णय थाकस बाराले बेवास्ता गरि हुल नै जम्मा गरेकाले स्थानीय प्रशासन भने मौन बसेका देखिन्छ । सिसिएमसिसिको सिफारिस, गृह मन्त्रालयको निर्णय र डिसिएमसिको निर्णय समेतको आधारमा अर्को सुचना जारी नभए सम्म जिल्ला भरी कुनै पनि सेमिनार, गोष्ठि, महोत्सवमा २५ जना भन्दा बढिको संख्यामा सहभागी हुने कार्यक्रम नगर्न जारी गरेका आदेशलाई कार्यनयनमा देखिएका छैनन् ।

थारू कल्याणकारीणी सभा बाराका सभापति रामप्रसाद चौधरीको अध्यक्षतामा भएको उदघाटन माघी महोत्सवको प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी रहेको थियो । कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी , बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई , थारू नेता तपेश्वर राय थारू , कोल्हवी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र चौधरी , कोल्हवी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु चौधरी लगायतले मन्तव्य व्यक्त गरेको थिए ।

कार्यक्रमको संचालन थाकस बाराका सचिव यादव कृष्ण चौधरीले गरेका थिए । भने स्वागत मन्तव्य थारू सेवा सदन कोल्हवीका सभापति रामबाबु चौधरी थारूले गरेका थिए ।

Leave a Reply