कलैया,७०औँ प्रहरी दिवसको अवसरमाजिल्लाप्रहरी कार्यालय बाराले चारजना सञ्चारकर्मीलाई सम्मान गरेको छ।
शुक्रवार कलैयामाआयोजितविशेष कार्यक्रममा रातोपाटीकी बारा जिल्ला सम्वाददाताशारदा पोखरेल, नयाँपत्रिकाकाइन्दिप कोइराला, गोरखापत्र दैनिककाबारा प्रतिनिधिशिवशङ्कर मिश्रा र कान्तिपुर टेलिभिजनका रमेश ठाकुरलाई पत्रकारितामार्फत प्रहरी र समुदायबीच सहकार्यमा पु¥याएको योगदानको कदर गर्दै सम्मानगरिएको हो।
कार्यक्रमकाबाराकाप्रमुखअतिथिप्रमुखजिल्लाअधिकारी प्रकाशपौडेल र प्रहरी उपरीक्षकएसपी सन्तोष तामाङले संयुक्त रुपमाउनीहरुलाई कदरपत्रप्रदानगर्दै सम्मान गरेका हुन।सोहीअवसरमा रसुवागढीमा ड्युटीको क्रममापहिरोमापरी गतमहिनाज्यानगुमाएकाबाराको फेटा गाउँपालिकावडा नम्बर १ भलुहीकाप्रहरी जवानमुन्ना ठाकुरकीधर्मपत्नीगुन्जा ठाकुरलाई पनि सम्मानगरिएको थियो । ठाकुरलाई दोसल्लासहित ‘प्रहरी विपद् तथा राहत कोष’बाट प्राप्त ६ लाख रुपियाँको चेक र ३५ हजार नगद सहयोग प्रदानगरिएको जिल्लाप्रहरी कार्यालय बाराले जनाएको छ। कार्यक्रममाजिल्लास्तरीय सरकारी तथा गैरसरकारी निकायकाप्रतिनिधिहरु, स्थानीयअगुवा, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको उपस्थितिथियो।
यसैबीचवीरगञ्जमापनिविशेष कार्यक्रमका साथप्रहरी दिवस मनाइएको छ। नेपालप्रहरी प्रदेश कार्यालय वीरगन्ज र जिल्लाप्रहरी कार्यालय पर्साको संयुक्तआयोजनामाप्रदेश प्रहरी कार्यालयको प्राङ्गणमा भएको कार्यक्रममाप्रमुखअतिथिप्रमुखजिल्लाअधिकारी तोयनारायण सुवेदीले नेपालप्रहरीको सेवाप्रति सम्मान प्रकट गर्दै प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समाजमा स्थायीशान्ति र सुरक्षाको वातावरण निर्माण गर्न सकिने बताउनुभयो ।
समारोहमा समाजमाशान्ति–सुरक्षाकायमगर्न सहयोग पु¥याउने विभिन्न संघसंस्थातथाव्यक्तिहरूलाई सम्मानगरिएको थियो।
















