मुलुकका सात प्रदेश मध्ये मधेश प्रदेशको राजनीति फरक छ । यहाँको जनस्तर पनि फरक छ र यहाँको रिती रिवाज पनि फरक छ । मधेश आफैमा कयौं हिसावले स्वयत्त पनि छ तर मधेशमा केन्द्रको शासन भने हुने नै गर्दछ  । यो वा त्यो बाहानामा मधेशमाथि संघीय दृष्टिकोण सही देखिदैन । पछिल्लो पटक यही अभ्यास मधेशको सवालमा हुने अवस्था थियो तर त्यसलाई चिर्ने प्रयास भएको छ ।
मुख्य त ठूला दल भनिएका काँग्रेस र एमालेलाई अलग नै राखेर मधेशमा सरकार बनाइएको छ । काँग्रेस, एमालेले संधै नेतृत्व लिन रहनुपछ भन्ने पनि छैन । संघीय सरकार यिनीहरुको यही सोचमा कारण नराम्रोसंग अवसान भयो । मधेशमा पनि यो खेल हुनेवला थियो तर फरक अभ्यास भएको छ । सरकार बनाउनका लागि गठबन्धन त आवश्यक पर्छ नै तर यसो भन्दैमा काँग्रेस, एमालेकै हालीमुहाली हुनुपर्छ भन्ने छैन  यो पनि तोडिएको छ । मधेशमा मुख्यमन्त्रीको बागडोर अब जीतेन्द्र सोनलको हातमा गएको छ ।
सोनल राजनीतिक रुपमा परिपक्व व्यक्तिको रुपमा बिगतमा नै छवि बनाइ सक्नुभएको छ । त्यसैले मधेशमा राम्रो हुने आशा यसैपनि गर्न सकिन्छ । बाँकी जति कार्यकाल छ, अब मधेशको श्रीवृद्धिका लागि सोनलले काम गर्नु पर्दछ । यहाँको जनताको भावना अनुसार अगाडि बढ्नुनै पर्दछ । हिजोका गल्ती कमजोरी सच्चाए अगाडि बढे मधेश सरकार पक्कै अघिल्ला सरकारभन्दा फरक हुनेछ ।

Leave a Reply