रौतहट,अतिविपन्न परिवारको सरकारी सेवा र सुविधामा पहुँच पुर्याउनको लागि कटहरियामा विधुत मिटर वितरण गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर १ मा भूमिहीन सुकुम्बासी परिवारको घरमा विधुत मिटर बक्स जडान गरिएको छ ।
वडा अध्यक्ष भूपेन्द्र महतोको पहलमा वितरण गरिएको मिटर घरमा जडान समेत गरिएको छ । शो परियोजना अन्तर्गत भसेढवाबाट मिटर वितरण सुरु गरिएको हो ।
परियोजनाले पहिलो चरणमा कटहरिया नगरपालिकाको वडा नम्बर १, ३, ४ र ९ नम्बर वडामा २९ वटा मिटर बक्स वितरण गर्ने योजना रहेको फिल्ड संयोजक भोला बस्नेतले जानकारी दिनुभयो ।
परियोजनाले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिरहेको बस्नेतले बताउनुभयो ।



















