अहिलेको सरकार गठन भएदेखि नै विभिन्न टीका टिप्पणी भइरहेका छन् । गैर दलीय सरकार बनेपछि विभिन्न टिका टिप्पणी हुनु स्वभाविक पनि होला तर सरकारम गएका केही व्यक्ति र सरकार बनाउन भूमिका खेल्ने व्यक्तिहरुका विषयमा कुरा उठेको देखिएको छ । यसैका कारण सरकार बढी विवादमा परेको पनि देखिएको छ । दलको सरकार नभएपछि दलहरुले नै विरोध गरे र त्यो स्वभाविक पनि होला भनिएला तर यो सरकारका विषयमा धेरै दलले विरोध गरेको पनि सुनिदैन तर प्रश्न भने उठाएको देखिन्छ ।
मुख्य त राष्ट्रियताको सवालमा बढी कुरा उठेको देखिन्छ । कहिले दलाई लामासंग त कहिले छिमेकी देश भारतको नाउ जोडेर प्रचार गरिएको छ । नेपालमा हुने प्राय सबै राजनीतिक परिवर्तनमा भारतले जहिले पनि आरोप खेप्ने गर्दछ नै तर यसपालि दलाइ लामाको कुरा पनि आएको छ । केही दलहरुले नेपालको राष्ट्रियता कमजोर रहेको पनि भन्ने गरेका छन् ।
सडकमा केही यस्तै व्यक्तिहरु देखिएको भनेर अहिले सामाजिक संजानलमा पनि व्यापक भएको अवस्था छ । सरकारमा कोही बिदेशी छैन । यस्तोमा सरकारमा रहेकाहरुले स्पष्ट पार्न जरुरी छ । अनि कार्यकारी प्रमुखका हिसावले सुशीला कार्कीले अझै स्पष्ट पार्न जरुरी छ । होइन भने यसैका कारण भोलि देशमा केही गलत भए वा देखिए यसको जिम्मेवारी कार्की सरकारसंगै यो सरकार बनाउनेहरुको टाउकोमा दोष जाने निश्चित छ ।

Leave a Reply