Home Blog
बिदुर खडका,    डुमरवाना, ९ मंसिर– सरकारले करदाताहरुलाई मुस्कान सहितको सेवा सुविधा दिने निति लिएको भएपनि आन्तरिक राजश्व कार्यलय सिमराले भने सेवाग्राहीहरुलाई मुस्कान त कता हो कता राम्ररी सुबिधा समेत दिन सकेको छैन । कार्यालयका कर्मचारीले सेवाग्राहीलाई सुबिधा दिनुको बदला तिरिसकेको वार्षिक कर पनि फेरि तिर्न बाध्य गराएको पाइएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १५ डुमरवानाका कपडा व्यापारी खुमराज पौडेलले...
निजगढ, ९ मंसिर– निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी ठेक्काको विषयमा अझै पनि कुनै कुनै निर्णय गर्न सकेको छैन । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले ठेक्का सदर वा बदर गर्ने बारेमा कुनै निर्णय गर्न नसकेपछि अन्यौल बढेको छ । ठेक्का बारे निर्णय गर्न भनेर यसअघि बसेको बैठकमा पनि कार्यपालिका सदस्यहरुबीच...
निजगढ, ५ मंसिर– राष्ट्र निर्माण मञ्च नेपालले निजगढ नगरपालिका वडा नम्बर– ३ का स्थानीयलाई शुक्रबार हात धुने र कपडा सफा गर्ने साबुन वितरण गरेको छ । नेकपाका नेता तथा युवा तथा खेलकुद पुर्वमन्त्री पुरुषोत्तम पौडलले वडा भित्रका ४ सय ९० घर परिवारलाई ४/४ थान हात र २/२ थान कपडा धुने साबुन वितरण गर्नुभएको थियो । मञ्चले निजगढ नगरपालिका वडा...
निजगढ, ५ मंसिर– निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित पाल्युल साम्त्येलिन गुम्बामा अध्यययन गर्ने विद्यार्थी र शिक्षकहरुलाई काभ्रेको एक दम्पतिले ३ लाख ५० हजार बराबरको कपडा, खाद्यान्न र पुजा सामाग्री सहयोग गरेको छ । काभ्रेको नमोवद्ध नगरपालिका वडा नम्बर ६ घर भइ काठमाण्डौंमा व्यवसाय गर्दै आउनुभएका मनिक लामा र श्रीमती डान्जिता लामाले आफनो ३ वर्षको छोरा छोइफेल लामा मोक्तानको ब्रतबन्दको...
निजगढ, ५ कार्तिक– छठ पर्वको लागि ब्रतालुहरुले बारा जिल्लाका विभिन्न स्थानमा पर्ने नदी किनारा र जलाशयहरु सजिसजाउ पारेका छन । श्रद्धालुहरुले नदी किनारामा केराको थम्बा, रंगिचङ्गी कपडा र ध्वजाले सजाएर आकर्षक पण्डालसहित घाट निर्माण गरेका हुन । कोरोना संक्रमणबाट जोगिन जिल्लाका केही छठघाटमा भक्तजनहरुको लागि मास्क र सेनिटाइजर अनिवार्यसमेत गरिएको छ । कात्तिक शुक्ल चौथीका दिन बुधबारदेखि नै छठ...
निजगढ, ३  मंसिर– बाराको कोल्हबी नगरपाकिला वडा नम्बर– २ स्थित नेपाल एग्रो प्रालिमा मंगलबार बिहान आगलागी भएको छ ।   आगलागीबाट करिव ३५ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको नेपाल एग्रो संचालक प्रदीप मैनालीले जानकारी दिनुभयो । आगलागीबाट उद्योगको मेसिन, तयारी र कच्च पदार्थसमेत जलेर नष्ट भएको बताइएको छ । संचालक मैनालीका अनुसार फिल्टर, मोटर लगायतका मेसिन र उत्पादनको क्रममा...
                      नरेश गुप्ता– बरियारपुर, २८ कार्तिक– स्वास्थ्यकर्मी भर्नामा अनियमिता गरेको आरोप खेप्दै आएका कलैया उपमहानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद वर्णवाल र स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जैसवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।   पिसिआर जाँच गर्ने मेसिन संचालन गर्ने स्वास्थ्यकर्मी भर्ना गर्ने क्रममा उम्मेदवारहरुसंग रकम असुलेर नाम प्रकाशन गरेको...
निजगढ, २८ कार्तिक– निजगढ नगरपालिका वडा नम्बर– ८ स्थित बकैयाठाकुर आधारभुत विद्यालयले स्कुल बस संचालन गर्ने भएको छ । विद्यालयले संचालन गर्न लागेको बसको साचो शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या पुर्व मन्त्री तथा बारा क्षेत्र नम्बर १ बाट संघीय सभासद उमाकान्त चौधरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश घिमिरेलाई हस्तान्तरण गर्नुभयो । साचो हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद चौधरीले शिक्षा...
निजगढ, २८ कार्तिक– निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का अझै सदर गर्न सकेको छैन । ठेक्का सदर गर्ने बारेमा नगर प्र्रमुख सुरेश खनाल र उप्रप्रमुख लिलादेवी लामिछानेको मत फरक भएपछि दुई पटकसम्म बसेको कार्यपालिकाको बैठक कुनै निर्णय गर्न नसकेर त्यसै टुङ्गिएको छ । निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेसहित बहुमत...
निजगढ, २७ कार्तिक– लायन्स क्लव अफ निजगढ सिटीले बुधबार निजगढमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन । ६० पुरुष र ११ महिला गरी ७१ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष मनोज रेग्मीले जानकारी दिनुभयो । बिहान ८ बजेबाट शुरु भई अपरान्ह १ बजे सकिएको रक्तदान कार्यक्रममा गौरीशंकर फाउण्डेशन व्याच २०५७ र निजगढ युवा संजालले सहयोग गरेका थिए...

MOST POPULAR

HOT NEWS