दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिकामा जारी दोस्रो करैयामाई गोल्डकप फुटबल प्रतियेगितामा अन्तर्गत सोमवार भएको खेलमा पशुपति युवा क्लब रौतहटलाई पराजित गर्दै एपी एफ बर्दिवास विजयी भएको छ ।एपी एफले पशुपति युवा क्लब रौतहटलाई ४-० को फराकिलो अन्तरमा पराजित गरेको हो । खेलको म्यान अफ द म्याच एपी एफ बर्दिबासका बि.के तमाङ्ग घोषित भएका थिए ।गाउँपालिकाको वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय उमजनको खेल मैदानमा श्री जनप्रगती युवा क्लबको आयोजना र करैयामाई गाँउपालिकाको मुख्य सहयोगमा प्रतियोगिता भएको हो ।
मंगलवार चौथौ दिनको खेल सनराईज क्लब उमजन बारा र नवजन जागृति युवा क्लब सिमराबीच हुने आयोजक क्लबका सचिव गोपाल चौधरीले जनकारी दिनुभयो



















