सिम्रौनगढ,बाराको आदर्श कोतवाल गाउँपालिकामा मिथिला सारथी समाज नेपालको तेस्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहरप्रसाद साहको अतिथ्यतामा भएको सो साधारण सभामा मिथिला सारथी समाज कार्यसमिति र इकाई समितिका पदाधिकारीहरु तथा साधारण सदस्य एवं अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका वडा अध्यक्ष, स्थानीय महिला स्वास्थ्य स्वयंसेविका, बुद्धिजीवी, विभिन्न राजनीतिका दलका प्रतिनिधि, समाजको सल्लाहकार समितिका सदस्य र नागरिक समाजका अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।
साधारणसभाको बन्द सत्रले समाजका अध्यक्ष सुनिल यादवले प्रस्तुत गरेको प्रगति विवरण र अन्य पदाधिकारीहरुले पेस गरेको बार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।

Leave a Reply