राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकमा रहेको ईलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी निरीक्षक मोहन बिक्रम केसीको बिदाइ गरिएको छ । एक समारोहबीच दोसल्ला, माला र टिका लगाएर बुधवार उहाँको बिदाइ गरिएको हो ।
प्रहरी निरीक्षक केसीले १५ महिनासम्मको बसाइँमा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र खुला सीमा नाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा सराहनीय काम गरेको भन्दै उहाँलाई विशेष सम्मानसहित विदाई गरिएको हो ।
सो क्रममा केसीले खुला सीमा नाकामा अपराधिक गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग समन्वयको कारण सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी संगठनमा सरुवा एउटा स्वाभाविक प्रक्रिया हो आउने जाने काम भईरहन्छ तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौं ।’त्यस्तै पोखरियामा सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक राजन ढकाललाई बुधवार नै स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा छिपहरमाई गाउँपालिका कमिटीका अध्यक्ष माओवादीका नेता अरमान खान, पत्रकार राजन कुमार बानिया, सारुख मियाँ, धिरज बर्नवाल, बलिराम यादव, माओवादीका युवा नेता प्रदिप पटेल, रमेश यादव, हिमञ्चल कुशवाहा, राजु समानी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply