वीरगञ्ज,पर्साको बिन्दबासीनी गाँउपालिकास्थित नदीको किनारमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ ।बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ ढोङ्गही खोलाको उत्तरतर्फ अन्दाजी ४० देखि ५० वर्षजस्तो देखिने एक महिलाको शव फेला परेको शव सडिसकेको अवस्थामा रहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले बताउनुभयो । शब सडेको अवस्थामा फेला परेकोले पहिचान समेत गर्न नसकिएको उहाँको भनाइ छ ।शव पोष्टर्माटमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



















