वीरगञ्ज,पर्सा क्रिकेट सङ्घको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन हुनुभएको छ ।बुधवार सम्पन्न सङ्घको सातौँ जिल्ला अधिवेशनले सिंहको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।सङ्घको उपाध्यक्षमा मुर्तुजा हवारी, सचिवमा घनश्यामबाबु गुप्ता र कोषाध्यक्षमा जयप्रकाश सर्राफ चयन भएका छन् । यस्तै सदस्यमा निवर्तमान अध्यक्ष महम्मद दाउद अन्सारी, हिरालाल राउत, मुसर्रफ इजहार, बासुदेव लाल कर्ण, बाबुजान अन्सारी, कलामुदिन अन्सारी, नारायण पटेल, नासिर खान, नेहाल अहमद र राजिव श्रेष्ठ पनि सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत राकेश मल्लिकले जानकारी दिनुभयो ।यसअघि बुधवार बिहान सम्पन्न सङ्घको सातौँ साधारण सभा तथा जिल्ला अधिवेशनको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले पर्सा जिल्लामा क्रिकेट खेलको विकासका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।विश्व भरिनै अहिले क्रिकेट खेलको लोकप्रियता बढ्दै गएको परिप्रेक्ष्य वीरगञ्जले पनि क्रिकेटको क्षेत्रमा अझ धेरै फड्को मार्नुपर्नेमा उपमेयर आलमले जोड दिनुभयो ।अधिवेशनको उद्घाटन समारोहमा बारा क्रिकेट सङ्घका अध्यक्ष प्रभात चौरसिया, सचिव अनिल चौगाई, केन्द्रीय पर्यवेक्षक माधव कर्माचार्यलगायतको पनि सहभागिता थियो ।

Leave a Reply