सखुवाप्रसौनी,सखुवाप्रसौनीस्थित शिव आधारभूत विद्यालयको सौन्दर्यकरण र पर्खाल निर्माण योजनाको सोमवार एक कार्यक्रमबीच युवा नेता शिवकुमार साहले शिलान्यास गर्नुभएको छ ।
नेपाल सुशासन पार्टीका नेता साहले सखुवाप्रसौनी गाउँपालिका वडा– २ रामभौरीस्थित सो विद्यालयको सौन्दर्यकरण र पर्खाल निर्माण कार्यको एक समारोहबीच शिलान्यास गर्नुभएको हो ।
मधेस प्रदेस सरकारको योजना अन्तर्गत विद्यालयको पर्खाल निर्माणका लागि विनियोजन गरिएको २५ लाखको लागतमा सुरु गरिएको निर्माण कार्य आगामी ३ महिनाभित्र सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ ।
मधेस प्रदेस सरकारले आम–नागरिकको माग अनुसार सामुदायिक स्तरमा स्कुल, सडक, नाला, सामुदायिक भवन, मन्दिर÷मस्जिद निर्माण र कृषि विकास कार्यलाई तीव्रता दिदै आएकोमा मधेस प्रदेस सरकारलाई युवा नेता साहले धन्यवाद व्यक्त गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष चिरञ्जीवी महतो, गाउँपालिकाकी पूर्वउपाध्यक्ष फुलमती चौधरी, उपभोक्ता समितिका अध्यक्ष भुपदेव थारु, विद्यालयका प्रधानाध्यापक प्रेम चौधरी, पूर्ववडा अध्यक्ष नेयाज अहमद, प्रदीप चौधरी, फैयाज अहमद, बृजमोहन चौधरी, जगलाल साह कलवार, सिकेन्द्र सहनी, रामबाबु साह तेलीलगायत जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी, संचारकर्मी एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।


















