नरेश गुप्ता , कार्तिक २० ।
बाराको सदरमुकाम कलैया बाट काठमाडौ चल्ने टाटा सुमोको एक चालकले यात्रु संग बढी भाडा असुले पछि पक्राउ परेका छन ।
कलैया बाट काठमाडौ जान सुमोको भाडा दर रु ६०० / लिनु पर्नेमा यात्रु संग रु १०००/ असुल्ने बाराको कलैया उपमहानगरपालिका १७ ब्रहमपुरी निवासी बर्ष ४९ को बिरेन्द्र हजरालाई बारा प्रहरीले पक्राउ गरेको हो ।
करैयामाई गाउपालिका ८ निवासी केशव यादवले जिल्ला प्रहरी कार्यलय बारामा चालक हजरा विरुद्ध बढी भाडा असुलेको भनी उजुरी गरेपछी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । पक्राउ परेका हजरालाई अभद्र ब्यवहार मुदा दर्ता गरि जिल्ला प्रशासन कार्यलय बारामा उपस्थिति गराई ७ दिनको म्याद थप गरि आवश्यक कार्वाही भैइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
चाडपर्वको बेला यसरी बढी भाडा असुल्ने चालक विरुद्ध जिल्ला प्रहरी कार्यलय बारामा उजुरी गर्न सबैमा जानकारी गराईएको छ ।