Home Blog
निजगढ, २५ असोज– निजगढ नगरपालिकामा संचालित सामुदायिक र संस्थागत विद्यालयहरु सोमबारबाट फेरि बन्द हुने भएका छन ।   नगरपालिकामा आइतबार बसेको कोरोना भाइरस प्रकोप नियन्त्रण, न्युनीकरण तथा अनुगमन समितिको बैठकले निजगढमा कोभिड– १९ संक्रमण जोखिम बढेको भन्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहदै आएका विद्यालय संचालनमा आएको एक सातापछि फेरि बन्द हुने...
  नरेश गुप्ता,   बरियारपुर, २५ असोज– प्रदेश न २ को मुख्यमन्त्री लालबाबु राउत गद्दीले शनिबार बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माध्यमिक बिद्यालयको अनुगमन गर्नुभएको छ । अनुगमन क्रममा मुख्यमन्त्री गद्दलिे प्रदेश भौतिक विकास तथा पुर्वाधार मन्त्रालयका सचिवलाई जिर्ण अवस्थामा रहेको छात्रावास र पोखरीको सौन्दर्यकरणको काम तत्कालअधि बढाउन निर्देशन दिनुभएको छ । धार्मिक एवम पुरातात्विक महत्व राख्ने सिद्धेश्वर माविमा अध्ययन गर्ने बटुकहरुको लागि...
बरियारपुर, २५ असोज– बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा संचालनमा रहेका अवैध मदिरा भट्टी र ठुलो परिमाणमा घरेलु मदिरा शनिबार नष्ट पारेको छ ।   जिल्ला प्रहरी कार्यलय बाराको टोलीले सिम्रौनगढ, डुमरवाना, गन्जभवानिपुर, मधुवन, पिपरपातीलगायतको क्षेत्रमा संचालनमा रहेको घरेलु मदिरा भट्टी र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । जिल्ला...
निजगढ, २५ असोज– निजगढ युवा संजालले देशका विभिन्न स्थानमा बढदै गएका महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार निजगढ बजारमा प्रदर्शन गरेको छ । संजालले बलात्कृत नारीहरुको न्यायको निम्ति निजगढस्थित पुर्वपश्चिम लोकमार्गमा दवावमुलक शान्तिपुर्ण र्याली र प्रर्दशन गरेको हो । निजगढ बजारस्थित शहीद चोकबाट शुरु भएको प्रर्दशन लोकमार्ग हुदै बुद्ध चोक पुगेर पुनः शहीद चोकमा आएर कोण सभामा परिणत भएको थियो...
पुष्पराज खतिवडा, मनहर्वा, २५ असोज– किर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको सार्वजनिक मसानघाटको जमिनको दर्ता बदर भएको छ । मालपोत कार्यालय सिमराले साविक पिपरासिमरा गाविस वडा नम्बर– ४ कित्ता नं ५९ को ६ बिगाह ८ कठ्ठा जग्गा २०४७ सालमा कानुन विपरित फरदवा गुठीको माध्यमबाट व्यक्तिको नाममा दर्ता भएको जमिन शुक्रबार बदर गर्ने निर्णय गरेको हो । लामो समयदेखि उक्त जमिन...
कृष्ण मोहन साह, सेढवा २५ असोज– जीराभवानी गाउँपालिका अन्तरगतका दुई वटा नमूना वस्तिमा पूर्णसरसफाइका लागि अनुगमन गरिएको छ ।   युनएन हेभिटासको सहयोगमा विकास नेपालले जीराभवानी गापा वडा नम्बर–१ र २ शान्तिटोल तथा काठमाडौंटोलमा अनुगमन भएको हो ।   दुई वटा वस्तिलाई ५ वर्षअगाडि खुला दिसामुक्त घोषणा भएको थियो तर तत्कालिन अवस्थामा बनेका शौचालयहरूको पर्खाल, छाना र प्यानहरु बिग्रेर मर्मतसम्हार गर्नु पर्ने भएको कारण...
निजगढ, २४ असोज– प्रदेश २ का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले निजगढ नगरपालिका वडा नम्बर– ४ स्थित कछडिया स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण र सामाग्री सहयोग गर्नुभएको छ । बारा क्षेत्र नं १ ‘क’ मा नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्य चौधरीले संसदीय विकास कोषको रकमबाट कछडिया स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन गर्न आवश्यक सामाग्री र उपकरण सहयोग गर्नुभएको हो । सांसद चौधरीले...
नरेश गुप्ता बरियारपुर, २४ असोज– मालपोत तथा भुमिसुधार कार्यालय बाराका कर्मचारीहरुले सेवाग्राहीसंग हाक्काहाक्की घुस लिन थालेका छन । कलैयास्थित कार्यालयका कर्मचारीहरुले सर्वसाधारण सेवाग्राहीहरुसंग प्रति फाइल १ सय रुपैयाका दरले घुस लिने गरेका हुन । घुस नदिए कर्मचारीले विभिन्न बाहना बनाएर सेवाग्राहीको काम रोक्ने गरेका हुन । कोरोना भाइरस कोभिड– १९ का कारण पालिकापिच्छे छुट्टाछुट्टै तालिका बनाएर सेवा संचालन हुदै आएको...
पुष्पराज खतिवडा, मनहर्वा, २३ असोज– लकडाउनका कारण ढिलो गरी विकास निर्माणको काम सम्पन्न गरेका १ सय २३ उपभोक्ता समितिले जीतपुरसिमरा उपमहानगरपालिकाबाट झण्डै १४ करोड रकम भुक्तानी पाउन सकेका छैनन् ।   लामो समयको बन्दका बाबजुद पनि उपभोक्ता समितिमार्फत समयमै काम भएका योजनाहरुको नगरपालिकाबाट भुक्तानी बाँकी रहेको हो । उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले भुक्तानी गराउन प्रयास गरेपनि आर्थिक वर्ष अन्तमा आएर प्रमुख प्रशासकीय अधिकृत फेरिँदा...
पुष्पराज खतिवडा, मनहर्वा, १९ असोज– नेपाल–भारतका सिमा क्षेत्रमा पर्ने जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठक सोमबार जिल्ला सदरमुकाम कलैयामा सम्पन्न भएको छ । बैठकले सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण, शान्ति सुरक्षा, तस्करी नियन्त्रणलगायत विभिन्न ७ वटा विषयमा निर्णय गरेको छ । सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्ने, अवैध हातहतियार ओसारपसारमा नियन्त्रण गर्ने र अपराध नियन्त्रण सम्बन्धि सुचना...

MOST POPULAR

HOT NEWS