निजगढ,निजगढ नगरपालिकाको नगरसभा तथा १० औं अधिवेशन हिजो सम्पन्न भएको छ । नगरसभामामा नगरपालिककी उपप्रमुख सोममाया मुना थिङ्गले आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । उपमेयर थिङले पूर्वाधार विकासतर्फ ३९ करोड २६ लाख ७ हजार, आर्थिक विकासतर्फ ७ करोड ३५ लाख ४० हजार, सामाजिक विकासतर्फ ३० करोड ८६ लाख ५६ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ९५ लाख पाँच हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ १६ करोड ६० लाखको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटको खर्च बेहोर्न आन्तरिक श्रोतबाट ११ करोड ८७ लाख, प्रदेश राजस्व बाँडफाँडबाट ३२ करोड, प्रदेश सरकारको वित्तीय समानीकरणबाट ९० लाख, सङ्घीय सशर्त अनुदान २४ करोड ७२ लाख, संघीय वित्तीय समानीकरण १३ करोड ६६ लाख र संघीय राजस्व बाँडफाँडबाट ११ करोड ८८ लाख ८० हजार प्राप्त हुने अनुमान गरिएको उपमेयर थिङले बताउनुभयो ।

निजगढ नगरपालिकाका मेयर सुरथ परीको अध्यक्षतामा भएको कार्यक्रममा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपमेयर थिङले नगरपालिका क्षेत्रभित्र रहेका आर्थिक रुपमा विपन्नबालबालिकालाई शिक्षाको उज्यालोबाट लाभान्वित गर्न नगरपालिकाले अभिभाकत्व ग्रहण गरी शिक्षा प्रदान गर्ने बताइएको छ । निजगढ नगरपालिकाले सञ्चालन गर्दै आएको उपप्रमुख महिला प्रजनन सेवालाई निरन्तरता दिंदै सो सेवालाई रतनपुरी र सिंगौलबाटसमेत प्रदान गरी थप बिस्तार गर्ने पनि कार्यक्रममा बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here