सिमरा,मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले पसाहा र बालगंगा खोला उत्खनन बन्द गराउनु भएको छ ।

स्थानीय पिलुवा युवा क्लबका युवाहरूसहित खोला अनुगमनमा पुग्नुभएका वडा अध्यक्ष खरेलले मापदण्ड विपरीत खोलाबाट गिटी, ढुङ्गा, बालुवा निकालेको भन्दै उपमहानगरपालिका वडा नम्बर १६ मा पर्नेे पसाहा र बालगंगा खोलामा उत्खनन बन्द गराउनु भएको हो ।

वडा अध्यक्ष खरेलले मापदण्ड विपरीत उत्खनन भइरहदा पनि स्थानीय प्रहरी, प्रशासन, केही जनप्रतिनिधि, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक कर्मचारीले समेत नियन्त्रणमा चासो नदेखाएपछि बाध्य भएर खोला बन्द गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउनुभएको छ ।

‘खोला बगरमा ठुला ठुला खाल्टा बनाएर खनिएको र प्रहरी, प्रशासन, जिल्ला समन्वय समितिलाई पटक पटक जानकारी गराइयो, उहाँले भन्नुभयो, तर अहिले पनि मापदण्ड विपरीत खोला उत्खनन रोकिएन ।’ वडाध्यक्ष खरेलले गैह्कानुनी ढङ्गले खोलामा उत्खनन भएको र अनुगमन गर्ने निकायले बेवास्ता गर्दा मिलेमतोको शङ्का देखिएको आरोप लगाउनुभयो ।

जीतपुरसिमरा अन्तर्गत रहेको दुधौरा, बालगंगा र पसाहा खोला उत्खननका लागि उपमहानगरले वर्षेनी १२ देखि १४ करोडमा ठेक्का लगाउदै आएको छ । चालु आवमा भने वातावरणीय प्रभाव मूल्याङ्कन ढिला भएर फागुन १ गतेदेखि मात्रै खोला ठेक्का लागेको हो ।

चालु आवको चार महिनाको लागि (फागुनदेखि जेठ मसान्तसम्म) ४ करोड ८१ लाखमा सन्देश सप्लार्यस प्रा. लि.सँग उपमहानगरले ठेक्का सम्झौता गरेको छ ।

करिब ७० लाख घनफिट बालुवा, गिटी, ढुङ्गा, ग्राभेल, उत्खनन गर्ने गरी सन्देश सप्लार्यससँग ठेक्का सम्झौता गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here