कलैया,बाराको कोल्हवी नगरपालिकामा रहेको अनुपदिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीहरूले विरोध गरेका छन ।

कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित अनुप दिपनी माध्यमिक विद्यालय परिशरमा विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको भन्दै त्यहा अध्ययनरत विद्यार्थीहरुले शिक्षकहरु विरुद्ध नाराबाजी गर्दै विरोध गरेका हुन । विहान विद्याल पुगेका विद्यार्थीहरूले विद्यालय परिशरमा रक्सीको खाली बोतल फालिएको देखेपछि बिरोधमा नाराबाजी सुरु गरेका थिए ।

विद्यालयमा कार्यरत शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रममा आयोजना गरिएको भोजमा केही शिक्षकहरुले मदिरा सेवन गरेको विद्यार्थीहरुले बताएका छन । विद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेर विद्याको मन्दिरलाई शिक्षकहरुले नै अपवित्र पारेको र प्रधानाध्यापक रामप्रकाश चौधरीले नियन्त्रण गर्न नसकेको बरु घटनाको विषयमा बुझन भनेर पुगेका विद्याथीहरुलाई विद्यालयबाट निष्काशन गरिदिने धम्की दिएको भन्दै विद्यार्थीहरू थप आक्रोशित बनेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार साहले भने बिदाईमा आफू पनि सरिक भएको तर कार्यक्रम सकिएपछि आफूहरु घर गएकोले मदिरा सेवनको बारेमा केही जानकारी नभएको बताउनुभयो । विद्यार्थीले गुनासो गरेपछि बुझ्ने क्रममा केही शिक्षकहरूले रकम संकलन गरेर भोजभतेर गरेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । उहाँले विद्यालयभित्र गलत क्रियाकलाप गरेको पाइएमा त्यस्ता शिक्षकलाई कारबाही गर्ने पनि बताउनुभयो । यस विषयमा प्रधानाध्यापक चौधरीले भने केही बताउन चाहनुभएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here